
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । यो अवधिको लक्ष्य भने एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने थियो ।
भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा वीरगञ्जमा पेट्रोलियम पदार्थ र सवारीसाधनको राजस्व सङ्कलन अधिक हुन्छ ।
वीरगञ्ज भन्सारले चालु आर्थिक वर्ष २०८१÷८२ को साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।
पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली गरेको थियो ।

























