धनपालथान आगलागी अपडेट : एक जनाकाे मृत्यु, ९ घर जले, बेपत्ता बालक सम्पर्कमा

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार १४:५०

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा भएको आगलागी लगभग नियन्त्रणमा आएकाे छ ।

प्रहरीका अनुसार करिब १२ बजेबाट सुरु भएकाे आगाे दिउँसाे साढे २ बजे नियन्त्रणमा आएकाे हाे ।

आगलागीमा परी एक जना बालिकाको शव जलेको अवस्थामा फेला परेको छ । आगलागीकै क्रममा बेपत्ता भएका बालक सकुशल फेला परेका छन् ।

धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको थियो ।

आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ । आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् ।

प्रहरीका अनुसार आगलागीमा परी ९ वटा घर जलेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.