इनारभित्र पुरुषको शव भेटियो

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार १८:१५

विराटनगर । धनुषाको मिथिला नगरपालिका–८ को एउटा सफा इनारभित्र १ जना पुरुषको शव फेला परेको छ ।

मिथिला नगरपालिका–८ जमुनिवासमा मंगलबार (आज) इनारभित्र स्थानीय ३५ वर्षीय नारायण घिसिङको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घिसिङको शव आफ्नै घर छेउमा रहेको इनारभित्रबाट शव निकालिएको हो । 

सशस्त्र प्रहरी धनुषाबाट खटिएको ६ जनाको गोताखोर टोलीले मंगलबार बिहान घिसिङको शव ९० फिट गहिरो सुख्खा इनारबाट निकालिएको हो ।

मृतक घिसिङका बुवा काजीसिंह घिसिङले छोरा ४ दिनदेखि घरबाट हराएको भन्दै आफन्त तथा चिने जानेका व्यक्तिलाई फोन गरेर खोजी गर्न आग्रह गरेका थिए ।

सोमबार साँझ केटाकेटी खेल्ने क्रममा इनार नजिक पुगेपछि सडेको दुर्गन्ध आएपछि इनारभित्र हेर्दा मानिसको जस्तो हातखुट्टा देखिएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ । 

शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबासस्थित बर्दिबास अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.