आईजीपी थापाले बढाए सहुलियत कर्जा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ६, बुधबार १४:२७

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले सहुलियत कर्जाको रकम बढाएका छन् ।

आईजीपीमा बढुवा भएपछि थापाले सहुलियत कर्जाको रकम बढाउने पहिलो निर्णय लिएका हुन् । यसअघि सहुलियत कर्जा भनेर प्रहरी कर्मचारीले ४ लाख रूपैयाँ पाउँदै आएका थिए । त्यसलाई बढाएर थापाले ५ लाख पुर्याएका हुन् ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी रहने पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठक बोलाएर थापाले सहुलियत कर्जाबापतको रकम बढाएका हुन् । विशेष कल्याणकारी कोषअन्तर्गत प्रहरी कर्मचारीले पाउँदै आएको सहुलियत कर्जाको रकम बढाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए ।

कर्जा लिन ७ वर्ष प्रहरी सेवामा बिताएको हुनुपर्ने नियम थियो । तर, प्रहरी सेवामा प्रवेश गरेको ५ वर्ष पूरा भएपछि उक्त कर्जा पाइने छ ।

पीसीसी बैठकले प्रहरी कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्दै ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशनसमेत दिएको छ ।

किस्ता अवधि ५ वर्षबाट ७ वर्ष पुर्याउने गरी कार्यविधि संशोधन गर्नसमेत बैठकले निर्देशन दिएको आचार्यले बताए । मासिक किस्ता रकम र किस्ता संख्या निर्धारण गरी कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन कल्याण महाशाखालाई पीसीसीले निर्देशन दिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.