पूर्वप्रधानमन्त्री भट्टराईलाई मुख्यमन्त्रीको प्रश्न,‘ कहाँ छ प्रदेश १ ?’

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १६:४९

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोशी प्रदेशको नाम नलेखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् ।

डाक्टर भट्टराईले फेसबुकमा फोटो राख्दै लेखेका छन्,‘प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रङ्गीचङ्गी भेषभूषामा सजिएका थारू सांस्कृतिककर्मीहरूका साथ ।’

भट्टराईले कोशी प्रदेश नलेखेको फेसबुक पोष्टमा मुख्यमन्त्री कार्कीले कमेन्ट गर्दै भनेका छन्,‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है ।’

२०७९ फागुन १६ गते तत्कालिन १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । नाम राख्दा माओवादी केन्द्रले पक्षमा मतदान गरेको थियो । तर पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरले आन्दोलन सुरु गरेपछि माओवादीले आत्मालोचनासहित पहिचानको पक्षमा उभिने निर्णय गरेको थियो । डाक्टर भट्टराई भने  प्रदेशकाे नाम पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा थिए ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.