विराटनगरमा ढाका महोत्सव सुरु (फोटो फिचर)

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १८:४६

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको ३ दिने ढाका महोत्सव बिहीबार (आज) देखि विराटनगरमा सुरु भएको छ । 

‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि ढाका महोत्सवको आयोजना गरिएको बताइएको छ ।

महोत्सवको उद्‌घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने गरी बजेट विनियोजन गर्ने बताए ।

उनले त्यसका लागि ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिन आग्रह गरे । 

प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार रहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यो साथ र सहयोग भोलिका दिनमा रहने छ । अहिले पनि प्रदेशको ३ वटा मन्त्रालय महोत्सवमा जोडिएको छ । ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्न सक्ने भए यहाँबाटै र केन्द्रबाट गर्नुपर्ने भए म त्यसका लागि केन्द्र पनि पहल गर्छु ।’ 

ढाका उद्योगको विकास, विस्तारका लागि प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्ने मुख्यमन्त्री कार्कीले बताए । 

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए ।

उनले ढाका कपडाको प्रवर्धन, स्थानीय महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाको खोजी तथा नेपाली महिलालाई उद्यमशीलतामा सशक्त बनाउनका लागि कोशी प्रदेशमा पहिलो पटक ढाका महोत्सवको आयोजना गरेको प्रस्ट्याए । 

नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए । 

महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेसन सो, व्यापार तथा लगानी प्रवर्धन, व्यवसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ । 

महोत्सवमा कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभालगायत क्षेत्रका ढाका उद्यमीहरुकाे सहभागिता रहेकाे छ । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ । 

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.