रोहित यादवलाई प्रचण्डले भने ‘इतिहास बनाएकाेमा बधाई छ’

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ०८:११

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापति विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिएका छन् । बिहीबार उनले महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै बधाई दिएका हुन् ।

‘एउटा हिस्ट्री बन्याे, महेन्द्र माेरङकाे अध्यक्ष जित्ने भनेकाे एउटा इतिहास बन्याे,’उनले भनेका छन्,’देशभरि एउटा निकै राम्राे सन्देश गइसक्याे, अब हामी भाेलि धेरै राम्राे गर्न सक्छाै‌ ।’

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव अखिल क्रान्तिकारीले महेन्द्र माेरङसँगै माेरङ जिल्लामा नयाँ इतिहास रचेकाे बताउँछन् । उनी क्रान्तिकारीबाट माेरङमा खटिएका चुनावी कमाण्डर हुन् । १३ वर्षयता उनी महेन्द्र माेरङ केन्द्रित राजनीतिमा छन् । उनी २०७९ सालकाे स्ववियु निर्वाचनमा महेन्द्र माेरङमा सभापति हुन चाहेका थिए । तर उमेरहदका कारण पाएनन् । ‘महेन्द्र माेरङमा हामीले एउटा इतिहास रच्याै‌ं,’ उनले भने,’ जिल्लामा पनि इतिहास बन्याे ।’

त्रिभुवन विश्वविद्यालयकाे तीन आङ्गिक क्याम्पससहित माेरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएकाे थियाे ।

जसमा तीन आङ्गिक क्याम्पससहित ५ वटा क्याम्पसकाे स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेकाे थियाे । नेपाल विद्यार्थी संघले ३ र अनेरास्ववियुले २ वटा स्ववियु सभापति जितेकाे थियाे ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.