
काठमाडौं । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवसहित दुई जना पक्राउ परेका छन् । महायज्ञका नाममा दलित परिवारको घर भत्काएको आरोपमा शुक्रबार बेलुकाप्रहरीले यादवसँगै पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका हुन् ।
सोधपुछका लागि पालिका अध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए ।
महायज्ञ लगाउनका लागि भन्दै सिरहाको औरही–५ का दलित दीपक मलिकको घर भत्काइएको थियो ।
महायज्ञको मण्डप वरिपरि दलित बस्न नमिल्ने भन्दै घर भत्काइएको थियो । त्यसपछि उनका लागि मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइएको थियो । ३० वर्षदेखि बस्दै आएका डोम परिवारका लागि ‘जनता आवास कार्यक्रम’ गाउँपालिकाले ५ वर्षअघि घर बनाइ दिएको थियो ।

























