
विराटनगर । आज शनिबार बिहानैदेखि विराटनगरमा हिउँदे वर्षा भइरहेको छ । अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बिहान विराटनगरसहित आसपासकाे क्षेत्रमा मेघगर्जनसहित वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा आज दिउँसो बादल लाग्ने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार राति कोशी प्रदेश, मभेस प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
यो अवस्था भोलि आइतबारसम्म रहनेछ । आइतबारबाट मौसममा सुधार आउनेछ ।

























