विराटनगरमा दुर्घटनाका घाइतेको मृत्यु

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १२:५५

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडमा गत चैत ४ गते दुर्घटना भएको थियो । प्रहरीका अनुसार ठाकुरबारी रोडबाट घोघापुल चोकतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४११५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–७ का २१ वर्षीय यसकुमार साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.