विराटनगरमा ढाका महोत्सव सम्पन्न

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार २०:५७

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको ढाका महोत्सव शनिबार सम्पन्न भएको छ । 

बिहीबारदेखि सुरु भएको ढाका महोत्सव ३ दिनसम्म विराटनगरमा सञ्चालन भएको थियो । महोत्सवमा ढाका कपडाबाट बनाइएका तयारी पोसाक, कपडालगायत महिलाहरूले उत्पादन गरेको बस्तुहरू प्रदर्शन गर्नुका साथै बिक्रीसमेत गरेका थिए । 

महोत्सवमा व्यापार तथा लगानी प्रवर्धन, व्यवसायिक अवसरबारे छलफल र संवाद कार्यक्रमका साथै ढाका बुनाइ, तान बुन्ने प्रतियोगिता र फेसन शो प्रस्तुत गरिएको थियो ।  

ढाका बुनाइ, तान प्रतियोगितामा तेह्रथुमको फक्तालुङ ढाका कपडा उद्योगकी शान्तिला फुदुङ् प्रथम, झापाको एमएस ढाका सेन्टरकी कृष्णमाया लिम्बू द्वितीय र सुनसरीको दिव्य ढाका उद्योगकी धनकुमारी तामाङ तृतीय भइन् ।

उनीहरूले क्रमशः ११ हजार, ७ हजार १ सय र ५ हजार १ सय रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरे । 

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महिला उद्यम समितिका संयोजक सरु केसीलगायतले पुरस्कार प्रदान गरे । 

महोत्सवमा व्यवसायीले २५ लाख बढीको कारोबार भएको बताइएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.