फाइल फाेटाेविराटनगर । प्रहरीले उर्लाबारीबाट गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ । आज (आइतबार) दिउँसो उर्लाबारी नगरपालिका– ७ स्थित पूर्व बस स्टेनबाट ५ किलो गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका– ७ का ६३ वर्षीय जीवन राईलाई पक्राउ गरेको हो ।
उनी धरानबाट काँकडभिट्टा तर्फ जाँदै गरेको को १ ख ७३९८ नम्बरको साईनो बसमा सवार थिए ।
राईले बोकेको झोला शंका लागी चेक जाँच गर्दा ५ किलो गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

























