नेपालमा विश्व म्याराथन (एम्स)को बोर्ड बैठक बस्दै 

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १८:०२

काठमाडौं । विश्व रनिङको साझा संस्था एशोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा बस्ने भएको छ । 

यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते (जुन ४–५) मा एम्सको बोर्ड बैठक काठमाडौंमा बस्ने भएको हो । 

कुनै पनि विधाको विश्व व्यापी फेडेरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।

निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए ।

‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो,’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, ‘यसले नेपालका बारेमा विश्व व्यापी प्रचार प्रसार हुनेछ । नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्व व्यापी अभियानसँग परिचित हुन र केही सिक्ने सुवर्ण अवसरसमेत प्राप्त हुनेछ ।’ 

एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवर्धन गर्दछ । एम्सको सन्जाल १ सय २० देशमा छ ।

करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ । 

एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् ।

स्पेनका बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुने गरी सहभागिता रहनेछ । 

नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य विशेष कार्यक्रममा कुल २ दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको विषय रहेको ठकुरीले बताए ।

नेपालमा नियमित आयोजना हुँदै आएका सम्पूर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए ।

एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिने छ । नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरूलाई मूल आयोजक समितिमा समेटिने छ ।

एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्डलगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहने छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.