बाहिरियो न्यूनचापीय प्रणाली, कस्तो छ आजको मौसम ?

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार ०६:४१

विराटनगर । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ । सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ ।

आइतबारसम्म रहेको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ महाशाखाले जनाएको छ ।

‘आइतबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव थियो। आजदेखि त्यो प्रणाली नेपालबाट हटेको छ,’मौसविद बिनु महर्जनले भनिन,‘अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। वर्षा गराउने प्रणालीहरू विकसित भएका छैनन् ।’

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.