प्रेस चौतारी महाधिवेशन : अध्यक्षकाे मनाेनयन शूल्क ३५ हजार, नामावली प्रकाशनको १० मिनेट मै नतिजा

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार १४:५२

विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको महाधिवेशनकाे निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मतदानकाे समय नै नताेकी निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे हाे । सार्वजनिक कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन भएको १० मिनेट मै निर्वाचन परिणाम घोषणा गर्ने उल्लेख छ ।

चौतारीको नेतृत्वका लागि निर्वाचन हुन नदिने एमाले नेतृत्वको तयारी छ । गणेश पाण्डेलाई चौतारीको अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन दिइसकेका छन् ।

अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले निर्वाचनको माग गरिरहेका छन् । तर केन्द्रको निर्देशन भन्दै नेताहरुले निर्वाचन हुन नदिने पक्षमा छन् । निर्वाचन हुन नदिने तयारीमा रहेको नेतृत्वले नामावली प्रकाशन भएको १० मिनेट मै निर्वाचन परिणाम घोषणा गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयोग अध्यक्ष गशेण खनालले जारी गरेको कार्यतालिकामा आज दिउँसो २ ः ४५ मनोनयन दर्ता, ३ बजे उम्मेदवार नामावली प्रकाशन, ३ः१० मा उम्मेदवारमाथि दाबीविरोध, त्यसको पाँच मिनेटपछि दाबीविरोधमा जाँचबुझ र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ । ४ः२० मा अन्ततिम नामावली प्रकाशन र ४ः३० मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका छ । कार्यतालिकामा मतदानको समय नै तोकिएको छैन ।

निर्वाचन समितिले अध्यक्षको उम्मेदवारका लागि मनोनयन शूल्क ३५ हजार रुपैयाँ तोकेको छ । पदाधिकारीका लागि २५ हजार र आयोग अध्यक्षका लागि १५ हजार रुपैयाँ दर्खास्त फारम शुल्क तोकेको छ । केन्द्रीय सदस्य, आयोगका पदाधिकारी र सदस्यका लागि मनोनयन शूल्क १० हजार रुपैयाँ तोकेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.