
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । आज (मंगलबार) साझ उनले पदभार ग्रहण गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । सोमबार नै उनको स्थानमा शाक्यलाई नियुक्त गरेको थियो ।
शाक्यकाे नियुक्ति प्रमाणित भएपछि आज पदभार ग्रहण गरेका हुन् ।
घिसिङको बर्खास्तीको विरोधमा भने विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

























