केराबारीमा आगलागी, ७ लाखको क्षति

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार ०६:३०
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको केराबारीमा मंगलबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ ।

केराबारी गाउँपालिका–९ का रामबहादुर गुरुङको घरमा आगलागी भएको हो । इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट पुगेका दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगोले घरसहित घरभित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायतका सबै सामान जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ ।

घटनामा मानवीय तथा चौपाया क्षति भने भएन । आगलागीमा ७ लाख मूल्य बराबरको क्षति भएको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.