इटहरीको सेन्टर प्लाजाको १० तले भवनमा भीषण आगलागी, धेरै जना उद्धारको पर्खाइमा

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार १०:५२

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भीषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा रहेको १० तेल भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको हो ।

आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो । उक्त होटलबाट आगलागी सुरु भएको प्रहरीको भनाइ छ । ‘१० तले भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको छ । त्यहाँभन्दा माथि धेरै जना मान्छेहरु छन् । उनीहरु उद्धारको पर्खाइमा छन् । त्रसित एवं भयभीत भएर बसिरहेकालाई उद्धार गर्न सकिएको छैन । आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ प्रहरीले भन्यो ।

भवनको माथिल्लो तलामा भएकाहरु आत्तिएर चिच्याइरहेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ । विभिन्न ठाउँबाट पुगेका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज (बुधबार) बिहान करिब ९ः४५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो तत्काल नियन्त्रणमा लिन नसके ठूलो क्षति हुने सम्भावना रहेको प्रहरीको भनाइ छ ।

आगलागी भएको भवन १० औं तलाको रहेको प्रहरीको भनाइ छ । यद्यपि, स्थानीयले भने भवन ७ तलाको मात्रै रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.