प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुविरुद्ध सर्वाेच्चमा रिट

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार १७:०५

काठमाडौं । सर्वोच्च अदालतमा ७ वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्ध रिट निवेदन दर्ता भएको छ ।प्रदेश प्रमुख र मुख्यमन्त्रीले दोहोरो सुविधा लिएको भन्दै अदालतका निवेदन दर्ता भएको हो । 

आफ्नो कार्यक्षेत्रमा खटिएका प्रदेश प्रमुख र मुख्यमन्त्रीले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गराएका छन् ।

उनले ललितपुर भैंसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरेका छन् ।

भैंसेपाटीमा ७ वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि निर्माण गरिएको आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन् ।

आवास क्षेत्र निर्माण गर्न ८५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । उनीहरु काठमाडौं आउँदा त्यही निवास प्रयोग गर्छन् ।

प्रदेश प्रमुखका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब २ /  ३ लाखसम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब ३  / ४ लाखसम्म हुनसक्ने भन्दै रिट निवेदनमा भुषालले राज्यकोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.