सीडीओ र एसपीपछि सिरहाका डीएसपी पनि तानिए हेडक्वार्टर

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार १७:५७
 नेपाल प्रहरीमा व्यापक हेरफेर: १२० जना डीएसपीको सरुवा (सूचीसहित)

विराटनगर । सिरहाको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी वीरेन्द्र पासवान हेडक्वार्टर तानिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो । उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए ।

यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितलाई पनि हेडक्वाटर तानेकाे थियाे । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।

डीएसपी पासवानलाई किन हेडक्वार्टर तानिएको कारणबारे भने प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले खुलाउन चाहेनन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.