लेटाङको कुखुरा फार्ममा आगलागी, सुपारीका बोट पनि मरे

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार ०९:१३

विराटनगर । मोरङको लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी भएको छ । आगोले सुपारीका बोटसमेत मरेका छन् ।

लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधबार आगलागी भएको प्रहरीले जनाएको छ । कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो ।

प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी भएको हो । आगोले जलेर फार्म वरपर रहेका सयवटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् । त्यस्तै, फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको फार्ममा कुखुरा थिएनन् । नजिकैको अर्को फार्ममा कुखुरा थिए । कुखुरा रहेको फार्म भने सुरक्षित रहेको र घटनामा मानवीय एवं चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ ।

आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.