ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी युवाको हत्या

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १०:४४

काठमाडौं । ललितपुरको इमाडोलमा १ जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति १ युवकको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले प्रशासनलाई जानकारी दिए।

हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय रिपक खाती छन भने हत्या गरेको आरोपी सुमन रसाइली पनि रामेछापकै रहेको प्रहरीले जनाएको छ ।

एसएसपी अधिकारीका अनुसार अरोपीले रिपक खातीका बहिनी जिस्काएको विषयमा विवाद थियो । उनले रिपकलाई राति नै मन्दिरमा बोलाएका थिए । चिनजानकै भएकाले रिपक पनि मन्दिरमा आएका थिए । मन्दिरमा आएपछि उनीमाथि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको एसएसपी अधिकारीले बताए ।

आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.