अस्ट्रेलियन दूतावासले किन जारी गर्‍यो ट्राभल एडभाइजरी ?

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १७:११

विराटनगर । काठमाडौंमा शुक्रबार (भोलि) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्दैछ । यो समयमा आफ्ना नागरिकहरूलाई सतर्क रह नेपालस्थित अस्ट्रेलियन दूतावासले ट्राभल एडभाइजरी जारी गरेको छ ।

अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कफ्र्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको हो ।

दूतावासद्वारा जारी ट्राभल एडभाइजरीमा प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्ने पनि उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.