यस्तो छ आजको मौसम : केही प्रदेशमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार ०६:३५

काठमाडौं । केही प्रदेशमा आज (शुक्रबार) चट्याङसहित हल्का वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । लुम्बिनीलगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भू–भागमा हावाहुरीको पनि सम्भावना छ ।

सुदूरपश्चिमलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

विभिन्न प्रदेशमा चट्याङसहितको हल्का वर्षा, उच्च पहाडी एवं हिमाली क्षेत्रमा हुनसक्ने हिमपात र तराईको सम्भावित हावाहुरीका कारण जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ । यसबाट हुनसक्ने असरबाट जोगिन महाशाखाले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.