नवोदित पुरस्कृत हुँदै

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार ०७:३०

विराटनगर । वनिता साहित्यिक पत्रिकाले यसवर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।

पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गर्ने निर्णय लिएको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत ४ दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका ३ वटा कवितासंग्रह प्रकाशित छन् ।

नवोदितले साहित्य र पत्रकारितालाई सँगसँगै अगाडि बढाइरहेका छन् । आगामी वैशाख ५ गते काठमाडौंमा आयोजित विशेष समारोहमा नवोदितलाई उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमार्फत वनिता पत्रिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.