भारतमा दुर्घटना, तीर्थयात्रा गएका ४ नेपालीको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार ११:४९

दाङ । भारतमा सवारी दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै दाङ तुलसीपुरका रहेको अनुमान छ ।

तीर्थयात्राका लागि बिहीबार बिहान भारत गएकाको स्कोरपिओ गाडी दुर्घटनामा परेर मृत्यु भएको हो । यूपी ३१ एसी ७२०० नम्बरको स्कोरपिओ भारतको बहराइचमा दुर्घटना भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेर गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईंसहित ४ जनाले ज्यान गुमाएका हुन् । अन्य ३ जनाको पहिचान खुलेको छैन ।

गाडीमा ९ जना सवार थिए । अन्य ५ जना घाइते भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.