
काठमाडौं । राजावादी समर्थकलाई तीनकुनेमा नै रोकिएको छ । उनीहरूलाई त्यस स्थानभन्दा अन्यत्र जान रोक लगाइएको छ ।
प्रहरीका अनुसार तीनकुनेबाट बानेश्वरतिर जुलुस आउन लागेपछि रोक लगाउन आदेश दिइएको हो ।
समाजवादी मोर्चाले विभिन्न रुटबाट जुलुस निकाल्ने भएपछि राजावादी समर्थकलाई तीनकुनेमा मात्र सीमित गरिएको बताइएको छ ।
तीनकुने भेला भएका राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि सामान्य धकेलाधकेल भएको थियो ।
चाबहिल, गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने रुटमा राजवादीले अनुमति पाएका छन् । अन्यत्र प्रवेश गर्न रोजे अनुमति नदिएको प्रहरीले जनाएको छ ।

























