सम्पादक बुढाथोकीलाई १ लाख राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार १८:०८

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रबार बसेको महासंघको तेस्रो बैठकले उक्त पुरस्कार सम्पादक बुढाथोकीलाई प्रदान गर्ने निर्णय लिएको हो ।

उक्त पुरस्कार प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा वितरण गर्ने गरिन्छ । अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुखसमेत रहेका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् ।

भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी २ दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । संखुवासभाबाट पत्रकारिता सुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारिता गर्छन् ।

नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको अवसर पारेर शनिबार उक्त पुरस्कार वितरण गरिने नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । उनका अनुसार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सिफारिस समितिको सिफारिसका आधारमा पुरस्कार वितरणको निर्णय गरिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका छन् । पत्रकार महासंघको ७०औं स्थापना दिवसको अवसरमा शनिबार बिहान कोशी प्रदेशको राजधानी विराटनगरमा महासंघ मोरङले विशेष कार्यक्रमको आयोजना गरेको जानकारी सचिव अधिकारीले दिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहने छन् । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजुलाई प्रदान गरिसकिएको अधिकारीले बताए ।

साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ । यसअघि उक्त पुरस्कार सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकार मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ ।

त्यस्तै, पत्रकार महासंघ मोरङको तेस्रो बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ३ का दिन ६० वर्ष उमेर पूरा भएका महासंघ मोरङ शाखाका सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले महासंघ मोरङको वार्षिक क्यालेन्डर प्रकाशनका लागि ३ सदस्यीय समिति गठन गरेको छ ।

महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाको संयोजकत्वमा गठित समितिमा महासंघका सदस्यहरु बाबुराम निरौला र मुकेश यादव रहेका छन् । बैठकले नेपाल पत्रकार महासंघ मोरड पूर्वउपाध्यक्ष शरदराज सुवेदीकी आमा मीना सुवेदी र कार्यसमितिका पूर्वसदस्य विजय खतिवडाकी आमा देवधरा खतिवडाको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.