बेलबारीको होटलमा तासको अड्डा, ८ जना पक्राउ

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार ०८:४१

विराटनगर । मोरङको बेलबारीमा रहेको एउटा होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा प्रहरीले छापा हानेको छ । होटलको ताल खालमा छापा हानेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले बेलबारी नगरपालिका–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलमा शनिबार साँझ ६ः४० बजेतिर छापा हानेको हो । त्यस क्रममा तास खेलिरहेका बेलबारी–१० का ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खा पक्राउ परेका छन् ।

पक्राउ परेकाको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार होटल सञ्चालक सन्तोष याक्खा फरार भएका छन् ।

फरार रहेका याक्खाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । कानुनी कारबाहीका लागि म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने एसपी चिमरियाले बताए ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.