कुलमानको मुद्दाको पेसी प्रधान न्यायाधीशसहितको इजलासमा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार ११:१९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तमा परेका कुलमान घिसिङको मुद्दाको पेसी प्रधान न्यायाधीशसहितको इजलासमा परेको छ ।

घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दाको पेसी प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको हो ।

उक्त इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे आदेश गर्ने छ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।

इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पनि पेस गर्नसमेत आदेश दिएको थियो । यो मुद्दालाई अग्राधिकारमा राख्न पनि भनिएको थियो ।

आफूलाई पदमा निरन्तर कायम राख्नुपर्ने, कुलमानलाई जिम्मेवारी दिन नहुने माग राखी नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश मुसलमानकै इजलासले हितेन्द्रको मुद्दालाई पनि छलफलका लागि राखेको छ । त्यो मुद्दा पनि कुलमानको सँगै प्रधान न्यायाधीश राउत र न्यायाधीश सुवेदीको इजलासमा परेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.