फेसबुक लाइभमा आएर दुर्गा प्रसाईंले भने – ‘मलाई देख्नेबितिकै गोली हान्न प्रधानमन्त्रीको आदेश छ’

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार १३:५८

काठमाडौं । आन्दोलन हिंसात्मक बनेपछि फरार रहेका राजवादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका छन् ।

उनले प्रहरीसँग माफी पनि मागेका छन् । शुक्रबारदेखि फरार रहेका उनले प्रहरीसँग माफी मागेका हुन् । तीनकुनेमा शुक्रबार राजावादीले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रसाईं फरार बनेका थिए ।

आफू असुरक्षित भएपछि प्रहरीको घेरा तोडेर अघि बढेको उनले बताएका छन् । मञ्चमा आफू नजिकैबाट गोली गएको बताउँदै उनले सुरक्षित हुनका लागि प्रहरीको घेरा तोडेको बताएका हुन् ।

‘स्टेजमा मेरो कानको छेउबाट गोली गयो । मलाई मार्ने रहेछन् भनेर आफैँले ‘ड्राइभ’ गरेर प्रहरीको घेरा तोडेर अघि बढेँ । प्रहरीलाई चोट पुर्‍याएको मा क्षमा चाहन्छु । म सुरक्षित हुनका लागि प्रहरीको घेरा तोडेको हुँ । प्रहरीलाई चोट पुर्‍याउने उद्देश्यले होइन,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.