
काठमाडौं । शुक्रबार तीनकुनेमा अराजक आन्दोलनका क्रममा भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोप लगाएको छ । साेही आराेपसहित थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा फाइल पेस गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो ।

























