
बाजुरा । बाघको आक्रमणबाट बाजुरामा ८ वर्षीय बालकको मृत्यु भएको छ ।
खप्तडछेडेदह गाउँपालिका–३ धुरतोलाका बालक विजय रावतलाई आइतबार बाघले आक्रमण गरेको थिाये । घरदेखि करिब २ किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गर्दा उनको ज्यान गएको हो ।
रावतलाई आगननजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

























