संखुवासभाकाे चैनपुरमा २ वटा शंकास्पद वस्तु फेला

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार ०९:३९

विराटनगर । संखुवासभाको चैनपुरमा २ वटा शंकास्पद वस्तु  फेला परेको छ । सोमबार बिहान चैनपुर नगरपालिका– ६ मा नगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्दा २ वटा शंकास्पद वस्तु फेला परेको हो ।

द्वन्द्वकालमा सप्रबल सुरक्षा बेस चैनपुर रहेको स्थानमा चैनपुर नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएकाे छ ।

संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार गडीडाँडा जाने बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा २ स्थानमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको उनले बताए ।

‘सरसफाईका क्रममा तार गाडिएको अवस्थामा भेटिएको छ, तत्कालिन समयमा सुरक्षा बेस क्याम्प रहेकाले बम हो कि भन्ने आशंका छ,’ उनले भने,‘ नेपाली सेनाको टोलीले हेरेपछि थप विषय खुल्छ ।’

घटनास्थल इलाका प्रहरी कार्यालय चैनपुरबाट करिब ३०० मिटर पश्चिम पर्छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.