३५ किलो गाँजासहित प्रेमबहादुर पक्राउ

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १९, मंगलबार ०८:०४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । उदयपुरमा ३५ किलो भन्दा बढी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ खानेपानी ट्यांकी नजिकबाट ३५.८५० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित सोही नगरपालिका–५ का २९ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको आहालेबाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २–०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.