
विराटनगर । सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सोमबार सुनसरीको इनरुवा नगरपालिका– ६ दक्षिणकाली पेट्रोलपम्प नजिकै पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ठक्करमा परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका– ३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सुनसरी देवानगन्ज गाउँपालिका– २ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । बस चालक सिरहाको लाहान नगरपालिका– १५ का ३४ वर्षीय सूर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























