
पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट २ जना शिकारी पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपलिका – ११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराति रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् ।
रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका- १० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिका – ११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको र मृत रतुवा मृग बारे थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।

























