सीटीमा छुटेको नगद र मोबाइल फेला, सम्बन्धित धनीलाई बुझाइयो

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १६:१६

विराटनगर । विराटनगर महानगरपालिका–३ की सीता खड्काले यात्राका क्रममा सीटी सफारीमा छाडेको नगदसहितको झोला र मोबाइल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

विराटनगरको भट्टा चोकबाट फागुन १६ गते प्र १–०२–००३ ह ६०९० नम्बरको सफारी चढेर उनी विराटनगरको शनिमन्दिर गएकी थिइन् । तर, १ लाख रूपैयाँ नगद र आईफोन मोबाइल राखिएको झोला सफारीमै छुट्यो ।

खोजतलासका लागि खड्काले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी थिइन् । खोजतलासका क्रममा प्रहरीले विराटनगर–१ स्थित सफारी चालकको घरमा नगद र मोबाइल फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले फेला पारेको १ लाख र आईफोन बुधबार सम्बन्धित धनीलाई बुझाइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.