कोशी टप्पुमा पत्रकारहरुका लागि क्षमता विकास तालिम

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १९:५५

विराटनगर । कोशी टप्पुमा पत्रकारहरुका लागि आयोजित ३ दिने क्षमता विकास तालिम आज (बुधबार) सम्पन्न भएको छ ।

खोज पत्रकारिताका लागि नयाँ–नयाँ प्रविधिको प्रयोग कसरी गर्न सकिन्छभन्ने विषयमा तालिम केन्द्रित थियो । समाचारलाई अनुसन्धानमूलक र आकर्षक बनाउन कृत्रिम वौद्धिकता (एआई)को प्रयोगका बारेमा पनि तालिममा जानकारी दिइयो ।

विकल्प एन अल्टरनेटिभद्वारा आयोजित तालिमका सहभागीलाई च्याट जीपीटी, गुगल ट्रेन्डस, गुगल डक्स, फायर म्याप टुल्स, गुगल एड्भान्स सर्च, विभिन्न कृत्रिम वौद्धिकताका टुल्स, अनुसन्धानमूलक समाचार तयार गर्ने सिप, फोटो, भिडियोलगायतका विषयमा ज्ञान दिइएको हो ।

नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रविधिको प्रयोग गरी सञ्चारकर्मीहरुले जनताका जल्लाबल्दा समस्या समाधानमा कलम चलाउनुपर्ने बताए । महासंघले पत्रकारहरुलाई समाचारमा प्रविधिको प्रयोगमा दक्ष बनाउन प्रदेशका १४ जिल्लामा तालिमको आयोजना गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।

पत्रकार महासंघका मोरङ अध्यक्ष सुशीला पाठकले तालिमबाट सिकेको सिपलाई पत्रकारले व्यवहारमा उतार्नुपर्ने बताइन् । ‘पत्रकारितामा प्रविधिको प्रयोग’ सम्बन्धी तालिम पत्रकारका लागि अति नै आवश्यक रहेको भन्दै पाठकले तालिम आयोजक संस्था विकल्प एन अल्टरनेटिभलाई धन्यवाद दिइन् ।

तालिमका सहभागीहरुलाई पत्रकार महासंघ कोशी अध्यक्ष खड्का, मोरङ अध्यक्ष पाठक, महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष कौशल निरौलाले प्रमाणपत्र वितरण गरेका थिए । विकल्पका अध्यक्ष वसन्त अधिकारीले समाचार उत्पादनमा नयाँ प्रविधिको प्रयोग प्रभावकारी हुने बताए ।

समाचारलाई सत्य तथ्य, आकर्षक र अन्तर्राष्ट्रियस्तरको बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विकल्पकी रानु साहले बताइन् । तालिममा मोरङ र सुनसरीका ८ महिलासहित ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षार्थीहरुलाई प्रशिक्षकद्ववय प्रवेश सुवेदी र उमेश श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिममा समाचार उत्पादनमा कृत्रिम वौद्धिकता (एआई)को प्रयोग सम्बन्धी विषयलाई प्राथमिकतामा राखिएको थियो ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.