झापामा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार २०:२३

विराटनगर । झापामा ट्याक्टरबाट खसेर बुधबार साँझ १ जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ स्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार झाटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खसेर झापा–३ का ६० वर्षीय रमेश हस्दाको मृत्यु भएको हो । ‘लिफ्ट’ मागेर ट्याक्टरमा चढेका उनी अपरान्ह ४ः३० बजेतिर बेहोस भएर खसेका थिए ।

गम्भीर घाइते भएका हस्दालाई प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी शरणामती पठाइयो । थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ६ः३० बजेतिर मृत्यु भएको डीएसपी खड्काले बताए । ट्याक्टर र चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.