भारत पुगेर आएका ९ जना सुनसरीबाट पक्राउ

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार ०९:०५

विराटनगर । भारत पुगेर आएका ९ जना सुनसरीबाट पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट उनीहरुलाई बुधबार विभिन्न समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने वस्तु बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले चेकजाँच गर्दा साथबाट ब्राउन सुगर फेला पारेपछि ९ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु भारत पुगेर लागुऔषध खरिद गरी मोटरसाइकल र स्कुटरमा नेपाल आएका थिए भने केही पैदल नै आएका हुन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने डीएसपी खतिवडाले बताए ।

उनका अनुसार पक्राउ परेकाको साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु १ सय ग्राम ५ मिलिग्राम बरामद भएको छ । एउटा मोटरसाइकल र एउटा स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमध्ये सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ३४ वर्षीय मनोजकुमार चौधरी पनि छन् । उनको साथबाट २७ ग्राम २ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ । इटहरी–६ का २३ वर्षीय सनम तामाङको साथबाट २६ ग्राम बरामद भएको छ ।

त्यस्तै, मोटरसाइकलमा सवार इटहरी–२ का २७ वर्षीय निरज लिम्बूको मलद्वारबाट ३ ग्राम ५ सय ६ मिलिग्राम बरामद भएको छ । मोटरसाइकलको पछाडि सवार इटहरी–२ का २२ वर्षीय सन्दीप मगरसमेत पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका–९ का आदित्य चौधरीको साथबाट २ ग्राम १ सय मिलिग्राम बरामद भएको छ । स्कुटरमा सवार धरान उपमहानगरपालिका–१७ का २८ वर्षीय बेगराज लिम्बूको साथबाट ३ ग्राम १ सय ३० मिलिग्राम बरामद भएको छ । स्कुटरको पछाडि सवार धरान–१७ कै ३४ वर्षीय सागर राई पनि पक्राउ परेका छन् ।

रामधुनी–२ का २६ वर्षीय मनिष चौधरीको साथबाट २ ग्राम ५ सय ६० मिलिग्राम र रामधुनी–५ का २६ वर्षीय विज्ञान साहको साथबाट ३५ ग्राम ८ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो वस्तु बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

पछिल्लो समय सुनसरी प्रहरीले लागुऔषधविरुद्ध आक्रामक कारबाही गरिरहेको छ । लागुऔषध नियन्त्रण र त्यसको ओसारपसार एवं कारोबारमा संलग्नलाई पक्राउ गर्न सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले विशेष टोली परिचालन गरेका छन् ।

लागुऔषधको ओसारपसार र कारोबार हुने मुख्य स्थानको पहिचान गरेर विशेष योजना बनाउँदै प्रहरीले नियन्त्रण अभियान चलाइरहेको हो । लागुऔषध मुक्त समाज निर्माणका लागि प्रहरी सक्रियता बढाइएको एसपी तिम्सिनाले बताए ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.