मोरङको सीमावर्ती क्षेत्रका दुई घरमा गाँजा, दुई जना पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार १७:०२
फाइल फाेटाे

विराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकामा रहेका दुई घरबाट ठूलो परिणाममा गाँजा बरामद गरेको छ ।

भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा– ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामत र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरमा गाँजा बरामद गरेको हो ।

दुवै घरबाट भारतीय सीमा नजिकै छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कामतको घरमा प्लाष्टिकको बोरामा प्याक गरिएको अवस्थामा ३४ पोका गाँजा बरामद भएको छ । यो गाँजा तौल भएको छैन ।

साहको घरमा भने १४ किलो गाँजा बरामद भएको छ । प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

धनकुटासहित पहाडी जिल्लामा उत्पादन हुने गाँजा मोरङ सुनसरीको हुँदै अबैध बाटोबाट भारतीय बजारसम्म पुग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.