
काठमाडौं । परेका कुलमान घिसिङले आफूलाई जनताको स्नेह र आशिर्वादले हार्ने छुट नदिएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका उनले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले अन्तरिम आदेश नदिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई हटाउन सरकारले गरेको स्वार्थका बारेमा सबै नागरिक जानकार रहेको बताए । उनले आफूलाई जनताले हार्ने छुट पनि निदएको बताए ।
‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भने, ‘नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन ।’
उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए ।

























