
काठमाडौं । सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
बुटवलकाे सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकाे बचत अपचलन मुद्दामा रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
कास्की, काठमाडाैं, रुपन्देही र चितवन जिल्ला अदालतबाट सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा छुटेका लामिछाने गत चैत १७ गते मात्रै पार्टीको जिम्मेवारीमा फर्किएका थिए ।
शुक्रबार भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे हाे ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेसँगै छविलाल जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

























