उच्चको आदेशलगतै रास्वपा सभापति लामिछाने पक्राउ, रुपन्देही लगिने

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार २१:५६

काठमाडौं । उच्च अदालतको बुटवल इजलासको आदेश लगतै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साझको आदेश लगतै प्रहरीले लामिछानेलाई घरबाटै पक्राउ गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाडेको थियो ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश दिएको थियो ।

कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतबाट सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा छुटेका लामिछाने गत चैत १७ गते मात्रै पार्टीको जिम्मेवारीमा फर्किएका थिए । शुक्रबार पक्राउ परेका उनलाई भाेलि रुपन्देही लगिनेछ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.