
काठमाडौं । रामनवमी पर्वको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।
यसअघि नै राजपत्रमार्फत बिदासम्बन्धी सूचना गृह मन्त्रालयले सार्वजनिक गरेको हो । रामनवमीलाई धार्मिक र सांस्कृतिक महत्व दिँदै सरकारी तथा सार्वजनिक निकायहरूमा बिदा दिने निर्णय गरिएको हो।
सरकारले दिएको बिदा अनुसार सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । रामनवमी हिन्दू धर्मावलम्बीहरूका लागि विशेष पर्व मानिन्छ ।
यो पर्वमा भगवान रामको जन्मोत्सव धुमधामका साथ मनाइन्छ। पर्वको अवसरमा देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा, भजनकीर्तन तथा शोभायात्रा आयोजना गर्ने परम्परा छ।

























