२७ देशका राजदूत इलामको अन्तुमा भेला हुने

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार १३:४९

इलाम । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ मुलुकका राजदूतहरु इलामको प्रसिद्ध पर्यटकीय स्थल अन्तुमा भेला हुने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा सूर्याेदय नगरपालिकाको समन्वयमा उनीहरुले अन्तु क्षेत्र भ्रमण गर्ने भएका हुन् ।

मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यस पटक अन्तुमा कार्यक्रम तय भएको सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव, कर्मचारी, पर्यटन बोर्डका कर्मचारी लगायतको पनि सहभागिता हुने भएको छ ।

उक्त टोली चैत ३१ गते कन्याम आइपुग्ने कार्यक्रम छ । कन्याममा नगरपालिकाले स्वागत गरी ‘चिया टेष्टिङ सेन्टर’ मा विभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ ।

उक्त अवसरमा दूधको परिकार चिजको समेत स्वाद चखाइने नगरप्रमुख राईले बताए । उनका अनुसार कन्यामा सबै देशका राजदूत सहितको टोलीलाई विभिन्न जातजातिको पोसाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम छ ।

३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्याेदयको दृश्यावलोकन गराइने जनाइएको छ । यसैगरी, चिया बगान भ्रमण, अन्तु पोखरीमा डुङ्गा सयर आदि कार्यक्रम नगरले तय गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.