काठमाडौं वायु प्रदूषणमा विश्वकै दोस्रो

Share this
819shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार ०६:२५

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनयता वायु प्रदूषण उच्च छ । वायु प्रदूषणका कारण उपत्यकाको जनजीवन प्रभावित बनिरहेको छ ।

प्रदूषण मापनमा काठमाडौं आज (सोमबार) विश्वकै दोस्रो स्थानमा छ। यसअघि पहिलो स्थानमा समेत थियो । बिहान ५ः४५ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा रहेको हो ।

भारतको राजधानी नयाँ दिल्ली विश्वमै पहिलो र पाकिस्तानका लाहोर तेस्रो स्थानमा छ। काठमाडौंको वायु गुणस्तर सूचकांका एक्यूआई २१३ छ। नयाँ दिल्लीको २६० र लाहोरको २०६ छ।

चिकित्कसहरुका अनुसार केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यका लागि निक्कै हानिकारक तहमा पुगेको छ । लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाका कारण वायु प्रदूषणको मात्र उच्च भएको हो ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजग रहन सबैमा आग्रह गरेको छ। वायु प्रदूषण उच्च रहेकाले साँझ र बिहानको समयमा घर बाहिर ननिस्कन विज्ञहरुले सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५० एक्यूआईसम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

विज्ञहरुका अनुसार ५१ देखि १ सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो संकेत दिन्छ । १ सय एकदेखि १ सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । १ सय ५१ देखि २ सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

२ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायु भनेर बुझिन्छ । ३ सय १ देखि ४ सयसम्मलाई खतरनाक र ४ सय एकदेखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.