नेपाल एक से एक विद्वानको भूमिः प्रधानमन्त्री

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १६:२१

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक से एक विद्वानको भूमि भएको बताएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ र २ को संगमस्थलमा पाणिनि तपोभूमि सम्मेलन को बुधबार उद्घाटन गर्दै उनले गौतम बुद्ध, महर्षिहरू, कपिलमुनि, शिव नेपालमै जन्मिएको र पतञ्जली ऋषि, पाणिनि ऋषि अर्घाखाँचीमा जन्मिएको उल्लेख गरे ।

पाणिनिको महत्त्व र यसको प्रभाव असाधारण भएको बताउँदै उनले अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको प्रधानमन्त्रीले बताए । ‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो,’ उनले भने, ‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिका जन्मनु भएको हो । अरु सबै व्याकरणले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।

पाणिनिसहित शिव, श्रृंगी ऋषि, पतञ्जली र अन्य महर्षिको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रका रूपमा नेपाल रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण भएको उल्लेख गर्दै अष्टाध्यायीमार्फत् संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र तीनसूत्र आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को विकासमा समेत प्रयोग भएको दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.