सांकेतिक तस्बिरविराटनगर । लेक लागेर संखुवासभाको मकालु गाउँपालिका-२ डाँडाखर्कमा एक जना डाक्टरको मृत्यु भएको छ ।
संखुवासभा जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार शनिबार बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको हो । मकालु बेस क्याम्प जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको छ ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ । दुर्गम र भौगोलिक अवस्थाका कारण उनको शव आज (आइतबार) मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।























